ज्ञानेन्द्रको जन्मदिनमा पारसलाई निषेध !

काठमाण्डु टुडे २०७९ असार १६ गते ७:२४ मा प्रकाशित

काठमाण्डु, १६ असार– पूर्वराजा ज्ञानेन्द्र शाहले ७६औँ जन्मोत्सव थाइल्यान्डमा मनाउने भएका छन् ।

दुईसाता अघि पूर्वरानी कोमलका साथ थाइल्यान्डको राजधानी बैंकक पुगेका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो ७६औं जन्मोत्सव थाइल्यान्डमा मनाउन लागेका हुन् ।

पूर्वयुवराज एवं छोरा पारस शाहबाहेक सबै परिवार र आफन्तसँग यही २३ गते जन्मोत्सव मनाउँदै छन् । २३ गतेबाट ७७औँ वर्ष प्रवेश गर्ने पूर्वराजा ज्ञानेन्द्रले ३ वर्षदेखि सार्वजनिक समारोह गरी जन्मोत्सव मनाएका छैनन् ।

उनले गत वर्ष भाषा र त्यसअघि हात्तीवन रिसोर्टमा सपरिवार जन्मोत्सव मनाएका थिए ।

कोभिडका कारण सार्वजनिक रूपमा जन्मोत्सव नमनाएका ज्ञानेन्द्रले यो वर्ष सबै आफन्तसँगै बसेर विदेशमा जन्मोत्सव मनाउन लागेका हुन् । नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us