डोटी, १८ असार– एकीकृत माओवादीको असन्तुष्ट बाबुराम भट्टराई पक्षले डोटीमा पनि समानान्तर कमिटी गठन गरेको छ ।
गत वैशाखमा सम्पन्न तेश्रो जिल्ला अधिवेशनमा नेतृत्व चयनमा भएको विवाद चर्कंदै गएपछि भट्टराईले समानान्तर कमिटी गठन गरेको हो ।
यो सँगै दुवै पक्षले छुट्टाछुट्टै जिल्ला कार्यालय स्थापना गरेका छन् । संस्थापन पक्षले दिपायल सिलगढी–२ मा र भट्टराई पक्षले दिपायल सिलगढी–१ मा कार्यालय राखेको छ । संस्थापन पक्षको नेतृत्व त्रिलोचन भट्ट र
भट्टराई पक्षको नेतृत्व पूर्व मोहन बलमे गरेका छन् । दुवै पक्षले विज्ञप्ति जारी गरी आफू आधिकारिक भएको दाबी गरेका छन् ।
पूर्वकेन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज टिएम स्वाँरले जिल्ला सम्मेलनबाट चयन भएको भट्टको कमिटी वैध भएको बताए ।