सरकारले घटाउँदैछ पेट्रोलियम पदार्थको मूल्य

काठमाण्डु टुडे २०७९ असार १० गते ७:१५ मा प्रकाशित

काठमाण्डु, १० असार– सरकारले कर समायोजन गरेर पेट्रोलियम पदार्थको भाउ घटाउने संकेत गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने संकेत गर्दै करका दरहरूमा समायोजन गर्न सकिने जनाएका हुन् ।

करका दरहरूमा समायोजन गरेरै भए पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने विषय संसद्मा उठेको र सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले सरकार सोही अनुसार अघि बढ्न सक्ने बताए ।

बिहीबार उनले विद्युतको आपत बढाएर पनि पेट्रोलियम पदार्थको मूल्य​लाई सहज बनाउन किने योजनामा सरकार डेको पनि बताए । मन्त्री बडूले भने, पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने विषयमा सरकारको ध्यानाकर्षण भएको छ ।

मन्त्री बडूले विद्युत खपत बढाएर पेट्रोलियम पदार्थको निर्भरता घटाउने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको दाबी गरे । कारोबार दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us