प्यूठान, असार १८– प्यूठानको सारीमा एक दम्पत्तिले घरमा आगो लागाएर सँगै आत्महत्या गरेका छन् ।
सारी–३ कोलाम्पाका ५६ वर्षीय शिवराज रावत र उनकी श्रीमति ५० वर्षीया खिमाले पहिला घरमा आगो लगाएर पछि एउटै डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् ।
घरमा आगलागी भएको देखेपछि निभाउन पुगेका गाउँलेले आत्महत्या गरेको देखेपछि प्रहरीमा खबर गरेका थिए । बुहारी माइता गएका बेला रावत दम्पत्तिले आफ्ना सबै कपडा जलाएर अर्को कोठामा झुण्डिएर आत्महत्या गरेको प्यूठान प्रहरी प्रमुख नायव उपरीक्षक दिपक रेग्मीले बताए ।
घरमा लागेको आगो स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए । आत्महत्याको कारण नखुले र अनुसन्धान भइरहेको रेग्मीले बताए ।