काठमाण्डु, १८ असार –वन क्षेत्रमा घर बनाएको बिषयमा बेल्टारबसाहा नगरपालिका ६ सुगारेमा मंगलबार राति दुई समूहबीच झडप हुँदा एक जनाको ज्यान गएको छ ।
राति ९ बजे दुई समूहबीचको विवादपछि भएको कुटाकुट छुट्याउन गएकी ४९ वर्षकी स्थानीय लक्ष्मी थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।
झडपका क्रममा घाइते थापालाई स्थानीयले तत्काल प्राथामिक स्वास्थ्य केन्द्र वेल्टारमा ल्याउने क्रममा बाटोमै ज्यान गएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिए ।
स्थानीय गणेश श्रेष्ठ, बुद्धिमान दाहाल र रत्न मगरको समूह र रमेश थापा र रेखबहादुर कटुवाल समूहबीच वन क्षेत्रमा घर बनाएको विषयमा झगडा भएको थियो । रेखबहादुरले रत्न मगरको आफन्तले वन क्षेत्रमा घर बनाएको विषयमा वन कार्यालयमा उजुरी गरेपछि वन कर्मचारीले दुख दिएको भन्दै विवाद भएको प्रहरीले जनाएको छ ।