जसपा फुटाएर सरकार ढाल्ने प्रयास

काठमाण्डु टुडे २०७९ असार ७ गते ६:४९ मा प्रकाशित

काठमाण्डु, ७ असार– जनता समाजवादी पार्टी (जसपा) भित्र आन्तरिक कलहु सुरु भएपछि लुम्बिनी प्रदेशमा आफ्नो दबदबा कायम राख्ने योजनामा पार्टीका दुई खेमामा लागे ।

बाबुराम भट्टराई पक्षधरले उपेन्द्र यादवलाई कमजोर पार्ने रणनीतिबमोजिम प्रदेशका केन्द्रीय सदस्यहरूको हस्ताक्षर सङ्कलनको अभियान नै थाल्यो।

यो प्रदेशका जसपा अध्यक्ष अशोक यादवका अनुसार भट्टराई समूहको यो अभियान गोप्य रूपमा गरिएको थियो ।

उपेन्द्र समूहका अशोक भन्छन्, ‘एक डेढ महिनाअघि भट्टराई समूहले हाम्रो प्रदेशका केन्द्रीय सदस्यहरूलाई गोप्य रूपमा हस्ताक्षर सङ्कलनको अभियान सुरु गर्न थालेको थियो । तर उनीहरू सफल भएनन् ।’ नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us