काठमाण्डु, १८ असार –सरकारको नीति तथा कार्यक्रममाथि ब्यबस्थापिका संसदमा छलफल आज पनि जारी हुने भएको छ ।
आजको बैठकमा पनि सभासदहरुले नीति तथा कार्यक्रमबारे बारेमा आ आफ्नो धारणा राख्नेछन् । हिजो देखि सुरु भएको छलफलमा भाग लिंदै अधिकांश सत्तारुढ दलकै सभाषदहरुले निति तथा कार्यक्रको आलोचना गरेका छन् ।
असार १५ गते संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रम आज पारित गर्ने कार्यक्रम छ । हिजो र आज संसदमा नीति तथा कार्यक्रमबोर छलफलपछि आज पारित गर्न लागिएको हो ।
सभासद्हरुले राखेका जिज्ञासाको कार्यवाहक प्रधानमन्त्री बामदेव गौतमले जवाफ दिनुहुनेछ । नीति तथा कार्यक्रम माथि १३ जनाले ५५ बुँदामा संशोधनको प्रस्ताव दर्ता गराएका छन् ।
एक एक गरेर संसोधन प्रस्ताव निणर््ँयार्थ पेश गरेपछि बेलुकीसम्ममा नीति तथा कार्यक्रम पारित हुने संसद सचिवालयले जनाएको छ ।