एमालेलाई रोबोटले ‘अन’ गर्ने

काठमाण्डु टुडे २०७१ असार १८ गते २:३२ मा प्रकाशित

uml officeकाठमाण्डु, १८ असार–राजनीतिक दल मात्र होइन, भ्रातृ–भगिनी र वर्गीय संगठनका विभिन्न सम्मेलन, भेला र अधिवेशन आउनु महिनादिन अघि नै सहरबजारका भित्ता पोस्टर, ब्यानरले छोपिन्थे, विभिन्न नाराले पोतिन्थे।

नेताहरुका तस्बिर अंकित पोस्टर र नारा पोतिएका भित्ता कार्यक्रमपछि सफा गर्न कसैले चासो नदिँदा लामो समयसम्म सहर नै बिरुप बनिरहन्थ्यो। कान खाने माइकिङ निरन्तर सुनिन्थ्यो।

एमालेको नवौं महाधिवेशनको संघारमा भने सहरको रुप बिग्रिएको छैन। त्यसो भनेर महाधिवेशनजस्तो पार्टीको मुख्य गतिविधि प्रचारप्रसारविहीन बनाइएको पनि होइन।

सहरका भित्ताको ठाउँ सामाजिक सञ्जाल फेसबुक, ट्विटरलगायतले लिएको छ भने भोट माग्न मोबाइलमा सिआरबिटी जिङ्गल राखिएको छ।

सहरको सुन्दरताप्रति ख्याल गर्दै एमालेले महाधिवेशनमा भित्ता नपोत्ने निर्णय गरेकाले महाधिवेशनका नारा र एजेन्डा मात्र होइन, नेतृत्व आकांक्षीका तस्बिर, प्रोफाइल र अन्य प्रचार सामग्री फेसबुकभरि भेटिन्छन्। नेता–कार्यकर्तालाई फोन गर्यो् कि उनीहरुका मनपर्ने नेतालाई भोट मागेको रिङ टोन बजिहाल्छ।

अध्यक्षसहितका केन्द्रीय नेताहरु फेसबुक, एसएमएस र अडियो जिङ्गलसमेत बनाएर प्रचारमा लागेका छन्।‘महाधिवेशनलाई उच्चप्रविधियुक्त हाइटेक बनाउने निर्णयअनुसार काम भइरहेको छ,’ मूल व्यवस्थापन समितिका सचिव विष्णु रिमालले भने, ‘महाधिवेशन उद्घाटन रोबोटले रोचक किसिमले गर्नेछ।’

उनका अनुसार रोबोटिक क्लबका ३० इन्जिनियर महाधिवेशन उद्घाटनको तयारीमा छन्। त्यसको ‘डेमोन्स्टे्रसन’ अघिल्लो दिन बुधबारै हुनेछ। ‘उद्घाटन समारोह अहिलेसम्मकै नौलो हुनेछ,’ रिमालले भने, ‘मेकानिकल, इलेक्ट्रोनिक र ग्राफिक्सको सम्मिश्रणबाट उद्घाटन गरिनेछ।’

अध्यक्ष झलनाथ खनालले पानसमा बत्ती बालेर उद्घाटन गर्नेछन्।

‘अध्यक्ष बत्ती बाल्न मञ्चमा आउनेछन्, पछिपछि पानस आइरहेको देखिनेछ,’ उनले उद्घाटन समारोहमा प्रविधिको संयोजनबारे सुनाए। खनालले महाधिवेशन उद्घाटन गरिरहँदा रोबोट क्वाडकोप्टर चारवटा पखेटा भएको० र हेक्जाकोप्टर छ वटा पखेटा भएको ले कार्यक्रमस्थलमा पुष्पवृष्टि गर्नेछ।’ आजको नागरिक दैनिकमा खबर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us