पोखरा, १७ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले भ्रष्टाचारविरुद्धका उजुरीउपर छिटोभन्दा छिटो छानबिन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
अख्यितयारको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको निरीक्षणपछि कार्कीले सार्वजनिक सेवा सुविधामा हुने गरेका ढिलाइ र अनियमितताविरुद्ध सूचना र उजुरी प्राप्त संकलन गरी
ती सूचना र उजुरीउपर तत्काल छानबिन अघि बढाउन निर्देशन दिएका हुन् । उनले सार्वजनिक निकायको कार्यसम्पादनको प्रभावकारी अनुगमन गरी जनताले सेवा सुविधा प्राप्त गर्ने वातावरण सिर्जना गर्न आग्रह गरे
। आमनागरिकले आयोगप्रति धेरै अपेक्षा राखेको भन्दै उनले अनियमिता र भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न व्यक्ति वा समूहसँग सम्झौता हुन नसक्ने उल्लेख गरे ।