माधव नेपाललाई हराउने माइकलाल जन्मेकै छैन : भट्टराई

काठमाण्डु टुडे २०७१ असार १७ गते ११:३६ मा प्रकाशित

काठमाण्डु, १७ असार– एमाले युवा नेता युवा नेता एवम सचिव पदका प्रत्यासी योगेश भट्टराईले जनताको बहुदलीय जनवादको व्याख्याता केपी ओली नभई माधवकुमार नेपाल भएको दाबी गर्दै विचार नभएका ओलीले नेतृत्व लिए पार्टी भद्रगोल हुने बताएका छन् ।

yogeshरिपोर्टर्स क्लबमा मंगलबार भएको कार्यक्रममा उनले विचार र नेतृत्वको तारतम्य नमिल्दा पार्टीमा समस्या आउने भन्दै नेपालको विकल्प नरहेको बताए । नेपाल अहिलेसम्म अध्यक्ष नबनेकाले अध्यक्ष बन्न नसक्ने दाबी अस्वस्थ्य प्रतिष्पर्धामा उत्रिएकाहरुले गर्ने गरेको आरोप लगाए ।

उनले नेपालको उम्मेदवारी वैध हुँदैन भन्नेलाई विधान पल्टाएर हेर्न सझुाव दिए । सर्वसम्मति भए झलनाथ खनालको सम्भावना समेत कायमै रहेको उल्लेख गर्दै उनले सहमति नभएको अवस्थामा खनालले पनि नेपाललाई नै समर्थन गर्ने दाबी गरे ।
ओली पक्षीय पोलिटब्युरो सदस्य एवम् स्वास्थ्यमन्त्री खगराज अधिकारीले दुनियाँको कुनै पनि ताकतले ओलीलाई एमाले अध्यक्ष बन्नबाट रोक्न नसक्ने ठोकुवा गरे । अधिकारीले ७५ प्रतिशत मत ल्याएर ओली अध्यक्षमा विजयी हुने जिकिर गरे ।

अध्यक्ष झलनाथ खनालले समेत ओलीलाई नै सहयोग गर्ने उनको दाबी छ । नेपाल विचारक नभई समन्वयकारी नेता मात्र रहेको भन्दै पाँचौं महाधिवेशनदेखि नै जनताको बहुदलीय जनवादलाई परिस्कृत गर्दै अहिलेसम्मको अवस्थामा ल्याउने केपी ओली भएको बताए । ‘माधवकुमार नेपाल विचारक होइन । छैठौ महाधिवेशनदेखि आठौं महाधिवेशनसम्म पनि माधवकुमार नेपालको कार्यनीतिक प्रस्ताव पेश भएको छैन ।

सबै विचार ओलीकै हो, त्यसैले नेतृत्व पनि ओलीले नै नेतृत्व गर्नुपर्छ ।’ अधिकारीले चुनावमा माधवकुमार नेपालको सर्मनाक हार हुने दावी गर्दै यस्तो हार बेहोर्नु भन्दा चुनाव नउठ्दै ठिक हुने सुझाव दिए ।
ओली समूहका उपाध्यक्षका प्रत्यासी किरण गुरुङले जनताको बहुदलीय जनवादलाई जीवन्त बनाउने काम ओलीले गर्दै आएकाले अबको नेतृत्व पनि उनैले गर्न पाउनुपर्ने बताए । गुरुङले माधव नेपाल अध्यक्ष बन्ने नैतिक धरातल नै नभएको भन्दै संगठनलाई मार्गदर्शनका रुपमा विकास गर्न पनि अब नेपाल अभिभावकीय भूमिकामा बस्नुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us