रिक्सा नदीमा खस्दा तीन जनाको मृत्यु

काठमाण्डु टुडे २०७१ असार १७ गते ११:२४ मा प्रकाशित

पाल्पा, १७ असार– पाल्पाको सिद्धबाबा नजिकै इलेक्ट्रोनिक रिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
शिद्धबाबा मन्दिररमा पूजा गरेर बुटवल फर्किएको नयाँ रिक्सा सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्डको माथिल्लो सिद्धबाबा र तल्लो सिद्धबाबा नजिकै छरछरे छहराबाट डेढसय मिटर तल तिनाउ नदीमा खस्दा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा बुटवल नगरपालिका–६ का ३६ वर्षीय पिताम्बर ज्ञवाली, ३५ वर्षीया हिरा आचार्य रहेका छन् । अर्की एक महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटानामा अरु तीनजना घाइते छन् ।
घाइतेमध्ये गुल्मीका ७ वर्षीय सुवास ज्ञवालीको अवस्था गम्भीर छ । उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन पठाइएको छ ।
रायमाझीले सोमबार मात्रै नयाँ अटो रिक्सा किन्नुभएको थियो । मंगलबार दिउँसो आफन्त र छिमेकी बटुलेर उनले रिक्सा पुजा गर्न मन्दिर आएको बेला उनीहरु दुर्घटनामा परेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us