काठमाण्डु, १७ असार– त्रिभुवन विश्वविद्यालयले महेन्द्ररत्न बहुमुखी क्याम्पस ताहाचलकी सह–प्राध्यापक अम्बिकादेवी घिमिरेलाई ‘नेपाली बालकवितामा लक्ष्मीप्रसाद देवकोटाको योगदान’ शीर्षकमा विद्यावारिधि प्रदान गरेको छ ।
प्रा डा महादेव अवस्थीको शोधनिर्देशनमा आइतबार उउनले उपाधि प्राप्त गरेकी हुन् ।
पिता शिवप्रसाद रिमाल र माता चेतकुमारीको कोखबाट नुवाकोट सामरीमा जन्मिएकी घिमिरेले तत्कालीन त्रिभुवन त्रिशूली माविबाट प्रवेशिका, महेन्द्ररत्न क्याम्पसबाट प्रमाणपत्र तह तथा कीर्तिपुर बहुमुखी क्याम्पसबाट स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेकी थिइन् ।
त्रिवि सेवामा विसं २०४६ मा प्रवेश गरेकी ५३ वर्षीया घिमिरेका ‘अनिवार्य नेपाली’ विषयका दुई कृति तथा थुप्रै लेख रचना प्रकाशित छन् ।