तनहुँ, १७ असार– तनहुँको शुक्ला गण्डकी नगरपालिका– १२ स्थित बगाले टोलमा सोमबार राति वर्षापछि आएको पहिरोले पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय नरबहादुर श्रेष्ठकी १३ वर्षीया छोरी अमृता रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । भान्सामा खाना पकाउँदै गरेकी उनलाई घर माथिबाट आएको पहिरोले एक्कासि पुरेको थियो ।