दसानायेकेलाई फर्काउन अर्थमन्त्रीको जोड

काठमाण्डु टुडे २०७१ असार १७ गते ३:४५ मा प्रकाशित

Ramsharan-Mahatकाठमाण्डु, १६ असार – नेपाल क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु दसानायकेलाई फर्काउन सरकारले चासो देखाएको छ ।
नेपाल क्रिकेट संघ क्यानले आर्थिक अभाव देखाउँदै करार थप नगर्ने निर्णय गरेपनि अर्थमन्त्री डा। रामशरण महतले नेपाली क्रिकेटको स्तर बढाउन महत्वपुर्ण भुमिका निर्वाह गरेका दशानायकेलाई गुमाउन नसक्ने भन्दै सरकारी चासो ब्यक्त गरेका छन् ।
मंगलबार विहान ट्वीटरमा अर्थमन्त्री महतले दशानायकेको कडा परिश्रमका कारण नेपाली क्रिकेटको स्तर धेरै माथि पुगेकाले उनलाई गुमाउन नहुने भन्दै उनलाई फर्काउन सरकारले सहयोग गर्न तयार रहेको बताएका छन् ।

ट्वीटरमा महतले भनेका छन् ‘‘यदि नेपाल क्रिकेट संघ क्यान टाट पल्टेको र असक्षम भएकै हो भने सरकारले प्रशिक्षक दसानायकेलाई ल्याउन सहयोग गर्नेछ ।’ पछिल्लो पटक ३ महिनाका लागि थप भएको करार सोमबार सकिएपछि प्रशिक्षकलाई पारिश्रमिक दिने रकम नभएको भन्दै क्यानले दसानायकेको सम्झौता नवीकरण नगर्ने बताएको थियो ।

क्यानको यो निर्णयको चौतर्फी आलोचना भइरहेको छ ।

कप्तान पारस खड्काले त फेसबुक मार्फत प्रशिक्षक दसानायकेलाई नबोलाउने हो भने आफुपनि क्रिकेट नखेल्ने कडा प्रतिक्रिया दिएका छन् । सन् २०११ मा नेपाली क्रिकेटको मुख्य प्रशिक्षकमा नियुक्त दसानायकेको कार्यकालमा नेपालले ट्वान्टी ट्वान्टी मान्यता पाउनुका साथै एक दिवसीय क्रिकेटमा डिभिजन २ सम्म पुग्न सफल भएको थियो । यही कार्यकालमा नेपालले इतिहास रच्दै ट्वाण्टी ट्वण्टी विश्वकपमा सहभागी भयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us