काठमाण्डु, १६ असार– एकीकृत नेकपा माओवादीसहित माओवादी धारका पाँच कम्युनिष्ट घटकले भावी संविधानका अन्र्तवस्तुमा समान धारणा बनाएर अघि बढ्ने
निष्कर्षमा पुगेका छन् ।
पाँच दलीय मोर्चाको सोमबारको बैठकले सर्वपक्षी राजनीतिक सम्मेलनमा पेश गर्ने साझा अवधारणा तयार पार्ने निर्णय गरेको छ ।
एमाओवादीले संसदभित्रबाट र बाहिर रहेका दलले बाहिरबाट जनताको पक्षमा संविधान निर्माणका लागि दबाब दिने निर्णय भएको नेकपा–माओवादीका सचिव देव गुरुङले काठमाण्डु टुडेलाई जानकारी दिए ।
‘संविधानसभाभित्र रहेको दलले भित्रबाट र बाहिर रहेका दलले सडकबाट जनपक्षीय संविधान निर्माणका लागि दबाब दिने कुरा भयो’, गुरुङले भने ।
बैठकले आगामी एक महिनाका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टीका महामन्त्री मणि थापालाई अध्यक्ष बनाएको छ । पाँच दलबीच चक्रीय प्रणालीका आधारमा मोर्चाको नेतृत्व गर्ने सहमति यसअघि नै भइसकेको छ ।
गुरुङका अनुसार आगामी असार २५ गते काठमाण्डुमा ‘जनताको संविधान निर्माण र चुनौती’ विषकय अन्तरक्रिया आयोजना गरिने बताए ।