मेरो समर्थन नेपाल र ओलीलाई होइन, एमालेलाई: खनाल

काठमाण्डु टुडे २०७१ असार १६ गते १४:२७ मा प्रकाशित

काठमाण्डु, १६ असार– एमाले अध्यक्ष झलनाथ खनालले आफू नवौं महाधिवेशनमा अध्यक्षका प्रत्यासी माधव नेपाल र केपी ओली दुवैको पक्षमा नभएर एमालेको पक्षमा jn khanal 2रहेको बताएका छन् ।
पार्टी मुख्यालय बल्खुमा सोमबार भएको पत्रकार सम्मेलनमा उनले ओली र नेपाल दुवै पक्षमा रहेका सबै नेता आफ्ना मान्छे भएको बताए । ‘म कसैको पक्षमा छैन’, खनालले भने ‘मेरो समर्थन गौरवमय पार्टी नेकपा एमालेलाई हुन्छ ।’

नेपाल र ओली दुवै समूहले खनालको समर्थन आफूलाई रहेको दाबी गर्दै आएका छन् । तर खनाल भने स्पष्ट रुपमा कसैका पक्षमा खुलेका छैनन् । खनालले आफूले अध्यक्षमा उम्मेदवारी नदिएको भन्दै सहमति भए नेतृत्व लिन तयार रहेको खुलाए ।

उनले दुवै पक्षले गुटगत भेलामा एकअर्काप्रति गरेका आरोप–प्रत्यारोपबारे असन्तुष्टि जनाए । ‘दौडको बेलामा रेफ्रीले सिठ्ठी बजाउँछ’,  खनालले भने, सिठ्ठी बजाउन नपाउँदै कोही नदौडनुस् ।’

पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी नेपालले महाधिवेशनपछि पार्टी एक भएर अघि बढ्ने बताए । पत्रकार सम्मेलनमा महाधिवेशनका लागि २ हजार २  सय १४ चयन भइरहेको र पाँच प्रतिशत प्रतिनिधिको मनोनयन तत्काल हुने जानकारी दिइयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us