काठमाण्डु, १६ असार – एमाले आसन्न नवौं महाधिवेशनको लागि कुल २ हजार ३ सय २५ प्रतिनिधि छनौट भएका छन् ।
त्यस मध्ये २ हजार २ सय १४ जना विभिन्न जिल्ला र निकायहरुबाट चुनिएर आएका हुन् भने बाँकी १ सय ११ जना मनोनित गरिएका हुन् ।
प्रतिनिधिका रुपमा मेची – ११९, कोशी – १४८, सगरमाथा– ८८, जनकपुर – ८९, नारायणी – १४१, बागमती– १३२, उपत्यका–१०८, गण्डकी– १२७, लुम्बिनी– १८९, धौलागिरी – ४८, राप्ती– ७४, भेरी– १२०, कर्णाली– ५३, सेती– १०३, महाकाली– ६१, केन्द्रीय कार्यालय र विभाग– २३, भारत प्रवास– ३४, जनसंगठन– २०२, सम्पर्क विशेष– ३४, अञ्चल समन्वय कमिटी– १७, प्रवास भारतबाहेक– २४ आएका छन् ।
त्यसैगरी ५ प्रतिशत १ सय ११ मनोनित गरी कुल २ हजार ३ सय २५ जना भएको मूल व्यवस्थापन समितिका संयोजक महासचिव इश्वर पोखरेलले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
एमाले नवौ महाधिवेशन असार १९ देखि २५ सम्म काठमाण्डुमा हुदैछ ।