खनालले ओलीलाई समर्थन गर्छन् : पोखरेल

काठमाण्डु टुडे २०७१ असार १६ गते ७:२८ मा प्रकाशित

काठमाण्डु, १६ असार – नेकपा एमाले महासचिव ईश्वर पोखरेलले अध्यक्ष झलनाथ खनालको समर्थन आगामी नवौ महाधिवेशनमा अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीलाई हुने दावी गरेका छन ।

ISHWOR-POKHRELरिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा समय, परिस्थिति र राष्ट्रिय आवश्यकताको कारण केपी ओलीको विकल्प नभएको उल्लेख गर्दै पार्टीको विधान, राजनीतिक र सांगठनिक प्रतिवेदनहरु सहमतिमा पारित भएकोले नेतृत्व पनि सहमतिमै चयन हुने विश्वास ब्यक्त गरे ।

साक्षात्कारमा महासचिव पोखरेलले सातौ महाधिवेशनमा माधवकुमार नेपाललाई छाडेको, आठौ महाधिवेशनमा पराजित भएकोले पनि अबको निर्विकल्प नेतृत्व केपी ओली भएको भन्दै पार्टी मौजुदा केन्द्रीय पदाधिकारीहरु, पोलिटब्यूरो र स्थायी समिति नै उहाँको पक्षमा रहेको स्पष्ट पारे ।

मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्तलाई अघि बढाउने नेता ओली भएकोले अब नेतृत्व छाडेर माधवकुमार नेपाल र झलनाथ खनालले अविभावकको जिम्मेवारी निर्वाह गर्नु पर्ने सुझाव उनले दिए । उनले थपे अब उहाँहरुले पार्टी सुदृढीकरण र संरक्षणको लागि केपी ओलीलाई समर्थन गर्दै अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ छ ।
आठौ महाधिवेशनले सामूहिक नेतृत्वमा पार्टीलाई लगेकोले अब नेतृत्व गर्ने स्वभाविक पालो ओलीको भएको भन्दै पोख्रेलले अधिकांश महाधिवेशन प्रतिनिधि पनि उहाँकै पक्षमा रहेको दावी गरे ।

उनले भने– अधिकांश महाधिवेशन प्रतिनिधिहरु ओलीको नेतृत्व हस्तान्तरणको पक्षमा हुनुहुन्छ । बामदेब गौतम पनि सोही कारण ओलीसँग मिल्नु भएको हो । यो कुनै गुट होईन । ओलीले सबैको मन जितेर सामूहिक नेतृत्व प्रणाली अघि बढाउनु हुन्छ । उनले राजनीतिमा सम्बन्धहरु पूर्नगठित हुनु कुनै नौलो कुरा नभएको भन्दै प्रतिस्पर्धामा उत्रिसकेपछि यस्ता सस्तो लोकप्रियता हासिल गर्नका लागि टिकाटिप्पणी गर्नु हाँस्यस्पद भएको बताए ।

पोख्रेलले अहिले नै आफूहरुको कुनै प्यानल घोषणा नगरेको पनि बताए । उनले थपे–अहिले यतिमात्र हो की अधिकांश नेता तथा कार्यकर्ता ओली कमरेडलाई अध्यक्ष बनाउन चाहन्छन् ।

नेकपा एमालेभित्र अस्वस्थकर सांगठनिक जीवन भएकोले अहिलेको समस्या आएको दावी गर्दै नवौ महाधिवेशन पार्टी भित्रको सांगठनिक जीवनको लोकतान्त्रिकरण भएको टिप्पणी गरे । कम्युनिष्टहरुको सिद्धान्त, विचार सवै राम्रा भए पनि जब नेतृत्वको कुरा आउँछ त्यतिवेला मात्र पार्टीभित्र समस्या आउँछ ।

उनले संयूक्त सरकारको अवधारणा अनुसार नै सरकारको नीति तथा कार्यक्रम आएकोले यो एमालेको पनि भएको भन्दै यसको हतारमा टिप्पणी गर्नु भन्दा पनि समर्थन गरेर अघि बढ्नु पर्ने बताए । उनले नीति तथा कार्यक्रमलाई संयुक्त सरकारको प्रतिविम्बको रुपमा रहेको पनि बताए ।

उनले नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशन राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेल्न पनि कोसेढुँगाको रुपमा सावित हुने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us