
सप्तरी, १५ असार – सप्तरीको पोर्ताहा–८ की १५ वर्षीया एक बालिकालाई भारदह–८ का २१ वर्षीय नारायण यादवले जबर्जस्ती सिन्दूर हालेर अमानवीय व्यवहार गरेका छन् ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरले आरोपितविरुद्ध आइतबार सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ ।
वैरवास्थित लक्ष्मीनारायण उच्च माविबाट पढेर घर फर्किरहेका बेला वैरवा गाविस–१ को बीच बाटोमा आरोपितले जबर्जस्ती तानेर गत मङ्गलबार सिन्दूर हालेको पीडितले आरोप लगाएकी छन् ।
इलाका प्रहरी कार्यालयले पीडितको उजुरीमाथि अनुसन्धान गरेपछि मुद्दा दर्ता गराएको जानकारी दिएको छ । आरोपित फरार रहेको र खोजी कार्य भइरहेको प्रहरी निरीक्षक दीपककुमार कार्कीले बताए । रासस