आज धान दिवस, पानी नपरेपछि किसान चिन्तित

काठमाण्डु टुडे २०७१ असार १५ गते १:४२ मा प्रकाशित

काठमाण्डु, १५ असार– आज असार  गर्ते अर्थात धान दिवस, आजबाट मुख्य बाली धान रोप्न सुरु हुँदैछ ।
ropaiदिवसका अवसरमा कृषि विभागले ललितपुरको लेलेमा रोपाइँ महोत्सव आयोजना गरेको छ । धान उत्पादनमा कमी आउन थालेपछि सरकारले हरेक वर्ष आजका दिन धान दिवस मनाउन थालेको हो । यो वर्ष ११ औं धान दिवस मनाइँदैछ । ‘धानखेतीमा आधुनिकीकरण, खाद्यान्न आयातमा न्यूनीकरण’ भन्ने नारा सहित यो वर्ष ११ औं धान दिवस मनाउन लागिएको हो ।

नेपालमा कुल खेतीयोग्य जमिनको १५ लाख ७० हजार हेक्टर जमिनमा धान खेती गर्न सकिने भए पनि ८ दशमलब ८ प्रतिशत जमिनमा मात्र धान रोपाइँ हुँदै आएको छ । यो खेती गरिने कुल क्षेत्रफलको ५५ प्रतिशत हो ।

मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३५ प्रतिशत रहेकामा धानको मात्र २० प्रतिशत योगदान छ । नेपालमा जेठो बुढा, बास्मती, ताइचिन, मन्सुली, सावित्री, कृष्णभोग, राजभोगलगायत सयौं जातका धान खेती हुँदै आएको छ ।

यस्तै नेपालमा धानको उत्पादकत्व औतशमा प्रतिहेक्टर ३ दशमलब ३ देखि ३ दशमलब४ प्रतिशत रहेको छ । कृषि विकास मन्त्रालयले कृषि विकास विभाग र नार्कले सिफारिस गरेका बीउबिजन मात्र प्रयोग गर्न किसानलाई आग्रह गरेको छ ।

यसैबीच धान रोप्ने समयमा वर्षात सुरु नभएपछि किसान चिन्तित भएका छन् । अधिकांश स्थानमा रोप्न तयार पारिएको बिउ समेत खडेरीका कारण सुक्न थालेको छ । बंगालको खाडीबाट मनसुनी हावा नचलेका कारण वर्षात नभएको मौसमविद राजेन्द्र श्रेष्ठले बताए । उनका अनुसार मौसम सक्रिय हुन अझै एक साता लाग्न सक्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us