
काठमाण्डु, १४ असार– नेपाली कम्युनिष्ट आन्दोलनमा ‘नेल्शन मण्डेला’ का नामले चिनिने मोहनचन्द्र अधिकारी एमाले वरिष्ठ नेता माधवकुमार नेपालका पक्षमा देखिएका छन् ।
काठमाण्डुको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा नेपाल समूहका महाधिवेशन प्रतिनिधिहरुको भेलामा अधिकारी सहभागी भएका हुन् । कार्यक्रममा नेता नेपालले अधिकारीलाई मन्तव्य दिन आग्रह गरेका थिए ।
तर अधिकारी बोल्न मानेनन् । नेता नेपालले अधिकारीको खुलेरै प्रशंसा गरे । झापा आन्दोलनबारे पार्टीमा आलोचनात्मक विचार राखेका आधारमा अधिकारीलाई गद्धार घोषणा गरिएको उनले स्मरण गरे ।
उनको संकेत नेता केपी ओलीतर्फ थियो । झापा आन्दोलनपछि अधिकारीले बिहारमा उखु मजदुरका रुपमा काम गर्दा तयार पारेको कम्युनिष्ट आन्दोलनको भावी दिशासम्बन्धी दस्तावेज पक्राउ गरेपछि हराएको भन्दै उनले उक्त दस्तावेज हलिे भएको भए सम्पत्तिका रुपमा काम लाग्ने उल्लेख गरे ।
‘०३३ सालतिर म विराटनगरमा बैंकमा जागिर खान्थें, एक दिन मेरो मजदुर वस्तीको बीचमा रहेको डेरामा दौरा सुरुवाल लगाएर दाह्री पालेका मान्छे आउनुभयो, उहाँ मोहनचन्द्र अधिकारी हुनुहुँदोरहेछ’, झापा आन्दोनलप्रति आलोचनात्मक विचार राखेका आधारमा उहाँमागि गद्धारको आरोप लगाइयो, त्यो न्यायोचित थिएन ।’