खुकुरी प्रहार गरी शिक्षकको हत्या

काठमाण्डु टुडे २०७१ असार १४ गते १२:३२ मा प्रकाशित

डोटी, १४ असार– डोटीको बर्छैनमा खुकुरी प्रहारी गरी एक शिक्षकको हत्या भएको छ ।
घाङल–७ का दिपेन्द्र जेठाराले खुकुरी प्रहार गरी ३५ वर्षीय शिक्षक दीपक बमको हत्या गरेका हुन् ।

प्रहरीले व्यक्तिगत रिसिइबीका कारण जेठारले शिक्षक बममाथि खुकुरी प्रहार गरेको जनाएको छ । जेठारालाई इलाका प्रहरी कार्यालय बिपीनगरको टोलीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us