तलको गलत रिपोर्टले चुनाव हारियो: प्रचण्ड

काठमाण्डु टुडे २०७१ असार १४ गते ११:४३ मा प्रकाशित

काठमाण्डु, १४ असार– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तल्ला कमिटीहरुको गलत रिपोर्टका कारण संविधानसभा निर्वाचनमा पार्टी पराजित भएको prachandaबताएका छन् ।
मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको सभाकक्षमा शनिबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनअघि गलत रिपोर्ट दिइएको बताए । पार्टी पराजित हुने पूर्वआङ्कलन गर्न सकेको भए निर्वाचन रोक्न सकिने उनको भनाइ थियो ।

प्रचण्डले पार्टी हारको दोष उच्च नेतृत्वमाथि मात्र लगाएर दुई तिहाई आउने रिपोर्ट दिने नेता र काकर्यकर्ता कोही उम्कन नसक्ने प्रष्ट्याए । ‘चुनावअघि सबैले हाम्रो वहुमत आउँछ, अलिकति मिहनेत गरे दुई तिहाई आउँछ भन्ने तपाईहरु नै हो’, प्रचण्डले भने, ‘अहिले माथिमात्र दोष दिएर अरु उम्कन पाइँदैन ।’

प्रशिक्षणका सहभागीले नेताहरुको विवादका कारण पार्टी कमजोर भएको भन्दै आक्रोश पोखेपछि प्रचण्डले त्यस्तो बताएका हुन् । प्रशिणक्षमा कोमिला, किराँत र लिम्बुवान राज्य समितिअन्तर्गतका सबै जिल्लामा करिब ७ सय प्रतिनिधि सहभागी थिए ।

कार्यक्रममा वरिष्ठ नेता बाबुराम भट्टराईले बहसले पार्टी कमजोर नभई बलियो बनाउने बताए । बाबुरामले विवाद निकालेर पार्टी कमजोर भएको भ्रममा नपर्न उनको आग्रह थियो । उनले पार्टी नसच्चिए तेस्रो स्थानबाट अर्को चुनावमा पाँचौं, छठौं स्थानमा पुग्ने उल्लेख गरे ।

उनले भूमिगत गुट चलाउनेहरुले आफूमाथि गुटबन्दीको आरोप लगाएको भन्दै आक्रोश पोखे  । ‘छापामार शैलीमा गुट चलाउनुभन्दा खुला गुट चलाउनु राम्रो हो’, भट्टराईले भने, ‘सकैले पार्टीमा गुटबन्दी हुनुहुन्न भन्ने उपदेश नदिए हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us