पाँच दलबीचको एकता संविधान नबनाउन होइन: प्रचण्ड

काठमाण्डु टुडे २०७१ असार १४ गते ६:१३ मा प्रकाशित

विराटनगर, १४ असार– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान नबनाउने उद्देश्यलका लागि माओवादी धारका पाँच दलबीच कार्यगत एकता prachandaभएको भन्ने भ्रममा नपर्न भनेका छन् ।
मोरङको इन्द्रपुरमा शनिबार पार्टी कार्यकर्तासँगको भेटमा उनले जनभावनाअनुसार संघीयतासहितको संविधान बनाउने वातावरण निर्माणका लागि पाँच दलबीच कार्यगत एकता भएकाले त्यसप्रति आशंका नगर्न आग्रह गरेका हुन् ।

उनले नेकपा–माओवादीसहित संविधानसभाबाहिर रहेका दललाई समेत संविधान निर्माण प्रक्रियामा सहभागी गराउन कार्यगत एकताले सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे । ती दललाई बाहिर राखेर जारी हुने संधिवानले मुलुकलाई निकास नदिने उनको भनाइ छ ।
मुलुकको राजनीति जटिल अवस्थाबाट गुज्रिरहेको भन्दै उनले आगामी माघ ८ गतेभित्र संविधान निर्माण गरेर मुलुकलाई निकास दिनु सबै राजनीतिक दलको साझा कर्तव्य भएको बताए ।

अर्को एक फरक प्रसंगमा प्रचण्डले पार्टीभित्र कुनै विवाद नरहेको भन्दै जनताको हितमा काम गर्न कार्यकर्तालाई निर्देशन दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us