
काठमाण्डु, १४ असार– एमाले नवौं महाधिवेशन मिति नजिकिंदै गर्दा अध्यक्षका प्रत्यासीद्वय माधवकुमार नेपाल र केपी शर्मा ओली पक्षले प्रतिनिधिलाई आफ्नो पक्षमा तान्ने प्रयास तीव्र पारेका छन् ।
बहुमत महाधिवेशन प्रतिनिधि आफ्नो भएको दाबी गरिरहेका दुवै पक्षले काठमाण्डु भित्रिएका प्रतिनिधिसँग छलफल तीव्र पारेका हुन् । नेपाल पक्षले आज बुद्धनगरस्थित एक पार्टी प्यालेसमा प्रतिनिधिहरुसँग अन्तरक्रिया गर्दैछ ।
अधिकांश प्रतिनिधि राजधानी भित्रिइसकेका छन् । दुवै समूह तटस्थजस्तो देखिएको अध्यक्ष झलनाथ खनाल पक्षीय प्रतिनिधि आफूतिर तान्न सक्रिय छन् । जिल्ला जिल्लामा प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा दुई समूहले प्यालन बनाए पनि खनाल पक्ष अधिकांश स्थानमा तटस्थ देखिएको थियो ।
२२ सयमध्ये नेपाल र ओली दुवै समूहले आफ्नो ६०/६० प्रतिशत रहेको दाबी गर्दै आएका छन् । खनाल पक्षका प्रतिनिधि ६ सयको हाराहारीमा छन् । यस्तो अवस्थामा खनालले जसलाई सघाए उसैको पल्लाभारी हुने सम्भावना छ ।