ओखलढुंगा, १३ असार– ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई बाथरुममा नुहाउने क्रममा लडेर घाइते भएका छन् ।
शुक्रबार नुहाउने क्रममा चिप्लिएर लड्दा भट्टराई बायाँ हातको पाखुरा र कुममा गम्भीर चोट लागेको छ । सदरमुकामस्थित सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि शुक्रबारै हेलिकोप्टरमार्फत काठमाण्डु ल्याइएको छ ।