पशुपतिनाथ मन्दिरका फाईल अख्तियारको नियन्त्रणमा

काठमाण्डु टुडे २०७१ असार १३ गते १:१४ मा प्रकाशित

काठमाण्डु, १३ असार– पशुपति क्षेत्र विकास कोषभित्र साधन स्रोतको दुरुपयोग भएको जनगुनासो बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि भन्दै कोषका ११ सय फाइल नियन्त्रणमा लिएको छ ।

लामो समयदेखि भट्ट र पूजारीलाई दिने तलव भक्ता तथा सुविधा, आयस्रोतको विवरण एवम् खर्च व्यवस्थापन लगायत विषयमा मुछिँदै आएको आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

क्षेत्र विकास कोष स्रोतले दिएको जानकारी अनुसार पछिल्लो समय कोषमा गाडी खरिद, कर्मचारीलाई दिएको सुविधा, मन्दिर परिसरमा गरिएका भौतिक मर्मत लगायतका काममा गम्भीर घोटाला भएको आरोप लागेको छ ।

पशुपति विकास कोष संचालक परिषद्को निर्णय बिना नै प्रतिगाडी २० लाख रुपैयाँ पर्ने पाँचवटा गाडी किनिएको, गाडीको प्रयोजन स्पष्ट नपारिएको आदिबारे अख्तियारले चासो दिएको स्रोतको दाबी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us