काठमाण्डु, १२ असार – काठमाडौं महानगरपालिका–१ नागपोखरीस्थित विष्णुमाया श्रेष्ठको नाममा रहेका ३ वटा घरमा बुधबार अचानक विद्युत सर्ट भई आगलागी हुँदा ३ घरमध्ये एउटा पूर्णरुपमा जलेको र २ वटा घरको दोस्रो र तेस्रो तला जलेर अन्दाजी १ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
सिन्धुपाल्चोक – बाह्रबिसे–५ बस्ने जितबहादुर श्रेष्ठको घरमा बिजुली सर्ट भई बिहिबार आगलागी हुँदा घर तथा घरभित्र रहेका सम्पूर्ण सामानहरु जलेर अन्दाजी १२ लाख ७७ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
अछाम – मंगलसेन नगरपालिका–३ थालगढा बस्ने झपट भाटको घरको भान्साकोठाबाट बुधबार आगलागी हुँदा निजको घर र गोठ पूर्णरुपमा जलेर अन्दाजी ७ लाख ४० हजार रुपैयाँ बरावरको क्षती भएको छ ।
उक्त आगलागी भएको जानकारी प्राप्त हुनासाथ स्थानीय प्रहरी टोली खटी गएर दमकल तथा स्थानियबासीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।