प्रधानमन्त्रीको फोक्सोमा क्यान्सर भएको पुष्टि

काठमाण्डु टुडे २०७१ असार १२ गते १०:४० मा प्रकाशित

काठमाण्डु, १२ असार – प्रधानमन्त्री सुशील कोइरालाको फोक्सोमा क्यान्सर भएको पुष्टि भएको छ ।

sushilराष्ट्रसंघीय मिसनको नेपाल प्रतिनिधिको कार्यालयले विज्ञप्तिमा उल्लेख गरेअनुसार बुधबार न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा प्रधानमन्त्री कोइरालाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रधानमन्त्रीसँगै गएका चिकित्सक करवीरनाथ योगीलाई उद्धृत गर्दै नेपाल प्रतिनिधिको कार्यालयले उल्लेख गरेअनुसार उनलाई रेडियोथेरापी दिन चिकित्सकहरुले सुझाएका छन् । कोइरालालाई जीर्ण ब्रोन्काइटिस भएकाले फोक्सोको शल्यक्रिया गर्न नमिलेकाले रेडियाथेरापी दिन लागिएको हो ।

उनको रेडियोथेरापी बिहीबार बिहानदेखि नै सुरु हुनेछ।

फोक्सोको क्यान्सर अन्य अंगमा नफैलिएको भए पनि ब्रोन्काइटिसका कारण शल्यक्रिया गर्न नमिलेको हो ।

यसअघि प्रधानमन्त्री कोइरालाको जिब्रोको क्यान्सरको उपचार पनि न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमै भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us