
झापा, ५ माघ– झापामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
भारतीय नम्बर प्लेटको बिआर३७सी ९००८ र बिआर३७इ १९९४ नम्बरको मोटरसाइकल झापाको कचनकवल–४ केचना बजारमा आपसमा ठोक्किँदा भारतीय नागरिक सञ्जीव सिंहको मृत्यु भएको हो ।
दुर्घटनामा अरु तीन जना घाइते भएका छन् । झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले घाइते सिंहको उपचारका क्रममा गएराति मृत्यु भएको जानकारी दिए । दुवै मोटरसाइकल चालक र पछाडि बसेकाले समेत मादक पदार्थ सेवन गरेको पाठकले बताए ।