घानामाथि अमेरिकाको जित

काठमाण्डु टुडे २०७१ असार ३ गते १:५८ मा प्रकाशित

काठमाण्डु, ३ असार –विश्वकप फुटबलमा अमेरिकाले विजयी सुरुवात गरिएको छ । मंगलबार बिहान भएको खेलमा अमेरिकाले घानालाई २–१ ले हराएको हो ।

जर्मन प्रशिक्षक जर्गेन क्लिन्सम्यानको प्रशिक्षणमा ब्राजिल पुगेको अमेरिकाका लागि कप्तान क्लिन्ट डेम्प्सीले पहिलो मिनेटमै गोल गरेर अग्रता दिलाए भने ८५ औं मिनेटमा जोन ब्रुक्सले विजयी गोल गरे । डेम्प्सीले गरेको गोल यो प्रतियोगिताकै सबैभन्दा छिटो गोल हो ।

पहिलो मिनेटमै गोल खाएर पछि परेको घानालाई ८१ औं मिनेटमा आन्द्रेई आयुवले गोल गरेर बराबरी गरेपनि घानाले त्यसलाई जोगाउन सकेन र चार मिनेटपछि गोल दोस्रो गोल खाँदै पराजित भयो ।

सब्स्टिीच्यूटका रुपमा मैदान प्रवेश गरेका ब्रुक्सले गोल गर्दै अमेरिकालाई जिताउँदै तीन अंक दिलाए ।  जितसँगै अमेरिकाले अघिल्लो विश्वकपमा हारेको बदला पनि लिएको छ । अघिल्लो विश्वकपको दोस्रो चरणमा घानाले अमेरिकालाई २–१ ले नै हराएको थियो । घानामाथि अमेरिकाको यो पहिलो जित हो । यसअघिका चार खेलमा अमेरिका घानासँग हारेको थियो । अमेरिकाका प्रशिक्षक क्लिन्सम्यानको देश जर्मनी यो समूहमा पहिलो स्थानमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us