२१३ कोरोना संक्रमित थपिए, तीनको मृत्यु

काठमाण्डु टुडे २०७८ मंसिर ११ गते १६:१८ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर–  नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ९०७ जनाको पीसीआर परीक्षणमा १९७ र १ हजार ७२५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३२५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us