काठमाण्डु, २७ जेठ– नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)की पत्नी नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बन्ने भएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र राजपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । अपराह्न ४ बजे मन्त्रीहरुको सपथ तय भएको छ ।
स्रोतका अनुसार सर्वोच्च अदालतको आदेशले ६ जेठमा पदमुक्त भएका पूर्व माओवादी खेमाका ७ मन्त्रीले पुनःनियुक्ति होस् भन्ने चाहेका थिए ।
तर अदालतको आदेशका कारण सम्भव नभएको बताएपछि नैनकलाको नाम छलफलमा आएको थियो । ‘हामीले हाम्रो पुननियुक्ति हुँदैन भने म्याडमलाई मन्त्री बनाउनुपर्छ । हाम्रो लिगेसी रहन्छ भनेका थियौं,’ एक पूर्वमन्त्री भन्छन्, ‘म्याडमले म कहाँ मन्त्री बन्नु भन्नु भएको थियो । अहिले आएर उहाँलाई नै बनाउनुप¥यो ।’