लगानीमैत्री वातावरणमा थप सुधार गर्छौं, नेपालमा लगानी लगानी गर्नुस्ः देउवा

काठमाण्डु टुडे २०८१ वैशाख १६ गते ११:२४ मा प्रकाशित

काठमाण्डु, १६ वैशाख– कांग्रेस सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री बनाउन बनाउन आफूहरु तयार रहेको बताएका छन् ।

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्धाटन सत्रमा आइतबार पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले नेपालमा लगानी बढाउन विदेशी लगानीकर्तालाई आग्रह गरे ।

नेपालमा लगानी गर्नु लाभदायक रहेको भन्दै उनले विदेशी कम्पनीले आफ्नो देशमा राम्रो लाभांश लगिरहेको उल्लेख गरे । ‘म तपाईंहरुलाई नेपालमा लगानी बढाउँदै नेपालको आर्थिक विकासमा सहयोग गर्न आग्रह गर्दछु’, उनले भने, ‘हामी पूर्ण सुरक्षाको ग्यारेण्टी गर्न तयार छौं ।’
एनले आगामी दिनमा पनि निरन्तर लगानी वातावरणमा सुधारका काम गर्न तयार गरेको बताए । अहिले नेपालमा लगानी गर्न सहज अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले कर नीतीमा पर्याप्त सुधार भएको, लगानी फिर्ता लैजाने सहज अवस्था रहेको उल्लेख गरे ।

देउवाले पर्यटन, जलविद्युत सूचना प्रविधि तथा खानीमा आधारित उद्योगमा नेपालमा पर्याप्त सम्भावना रहेको भन्दै कानुनद्वारा लगानी संरक्षण गर्ने नीति लिएकाले कुनै पनि लगानीकर्ता डराउनु पर्ने अवस्था नरहेको स्पष्ट गरे ।
उनले लगानीकर्तालाई विवेधकारी नीति बनाउने पक्षमा नरहेको भन्दै आर्थिक विकासका लागि विदेश लगानी आवश्यक हुनेमा आफूहरु जानकार रहेको स्पष्ट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us