भारतले नेपालमा लगानी प्रोत्साहनको नीति लिएको छः राजदूत श्रीवास्तव

काठमाण्डु टुडे २०८१ वैशाख १६ गते १७:४१ मा प्रकाशित

काठमाडौँ, १६ वैशाख– नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले आफ्ना देशका कम्पनीलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएका छन् ।

राजधानीमा आइतबारदेखि सुरु तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटनसत्रमा बोल्दै श्रीवास्तवले व्यापारिक सुविधालाई प्रोत्साहन मात्र होइन व्यापारका अवसर पनि बढाउन सघाउने बताए । नेपालले भारतमा विद्युत् निर्यात गरिरहेको भन्दै उनले जसका कारण दुई देशकाबीचका सम्बन्धमा नयाँ आयाम पनि थपिएको उल्लेख गरे ।

नेपालको विकासका लागि आगामी दिनमा भारतीय सहयोग रहिरहने प्रतिबद्धता दोहो¥याउँदै राजदूत श्रीवास्तवले एकीकृत चेकपोष्टको निर्माण गरिरहेको जानकारी दिए । यस्तै उनले अन्तरदेशीय विद्युतीय भुक्तानीका लागि काम भइरहेको तथा ऊर्जा व्यापारमा दीर्घकालीन सम्झौता पनि भएको जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us