पोखरा, १० बैशाख– गण्डकी प्रदेशमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरास्थित विभिन्न प्रयोगशालामा ३६१ जनाको नमुना परीक्षण गर्दा पोखरा महानगरपालिकामा ६४ सहित प्रदेशमा ८६ जनमा संक्रमण देखिएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा.विनोदबिन्दु शर्माले गण्डकीका ७ जिल्लाका ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय ७४ पुगेको छ ।
जसमध्ये सक्रिय संक्रमितको संख्या ७७३ रहेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट ३२ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ५ सय ९० पुगेको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशमा २११ जनाको मृत्यु भएको छ ।