
काठमाण्डु, २८ पुस– काठमाण्डुको प्रदर्शनी मार्गस्थित रत्न राज्य (आरआर) क्याम्पसका प्राध्यापक विष्णुप्रसाद आचार्य यौन दुराचार आरोपमा पक्राउ परेका छन् ।
आचार्यमाथि आफ्नै क्याम्पसमा अध्ययरत एक छात्रामाथि सामाजिक सञ्जालमार्फत यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । ४५ वर्षीय आचार्यलाई प्रहरीले मंगलबार क्याम्पसबाटै पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रमुख एसएसपी अशोक सिंहले आचार्यलाई पक्राउ गरिएको स्वीकार गरे ।
‘आरआर क्याम्सकै एक छात्राले यौन दुव्र्यवहारमा परें भनेर उजुरी दिएपछि पक्राउ गरेका हौं’, सिंहले भने, ‘घटना के हो भन्नेबारे अनुसन्धानपछि थाहा होला ।’
।