आफू निकट सांसदलाई ओलीले बोलाए बालुवाटार

काठमाण्डु टुडे २०७७ पुष ५ गते २३:०९ मा प्रकाशित

काठमाण्डु, ५ पुस– प्रधानमन्त्री केपी ओलीले आफू पक्षधर सांसदलाई बालुवाटार बोलाएका छन् ।
ओलीले सोमबार बिहान आफू निकट सांसदलाई परामर्शका लागि बालुवाटार बोलाएका हुन् । प्रधानमन्त्रीले आइतबार मन्त्रीहरुको आपत्तिबीच मन्त्रिपरिषदबाट संसद विघटनको निर्णय गरेका थिए ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आइतबारै संसद विघटन गर्दै आगामी २०७८ वैशाख १७ र २७ गते. आम निर्वाचन घोषणा गरेकी छन् ।

हठात प्रतिनिधिसभा विघटन गरेकामा प्रधानन्त्री ओली र राष्ट्रपति भण्डारीको सर्वत्र आलोचना भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us