प्रहरी महानिरीक्षकमा शैलेश थापा नियुक्त

काठमाण्डु टुडे २०७७ असार २३ गते १९:१३ मा प्रकाशित

काठमाण्डु, २३ असार– नेपाल प्रहरीको महानिरीक्षकमा शैलेस थापा क्षेत्री बढुवा भएका छन् ।

मंगलबारको मन्त्रिपरिषद बैठकले अतिरिक्त प्रहरी महानिरीक्षक क्षेत्रीलाई प्रहरीको २८ औं महानिरीक्षकमा बढुवा गरेको हो । उनीसँगै अर्का अतिरिक्त महानिरीक्षक हरिबहादुर पाल महानिरीक्षकका आकांक्षी थिए ।

हालका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले ३० वर्षे कार्यकाल सकेर भोलि बुधबारबाट अनिवार्य अवकाश पाउने भएपछि सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो ।

क्षेत्री र पाल दुवै एकै दिन २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । क्षेत्रीको महानिरीक्षक कार्यकाल २०७९ वैशाख १८ सम्म रहने छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us