नेपाली किशोरकिशोरीले विश्वकप हेर्न पाउने

काठमाण्डु टुडे २०७१ वैशाख २४ गते ७:१९ मा प्रकाशित

धनगढी, २४ वैशाख –यस बर्षको विश्वकप फुटबल प्रतियोगिताको कैलाली, कास्की र मकवानपुर जिल्लाका ६ जना किशोरकिशोरीले स्थलगत रुपमा अवलोकन गर्न पाउने भएका छन् ।

मर्सि क्रोप्स नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार खेलका माध्यमबाट युवा विकास, सामाजिक एकता र विकास भन्ने संस्थाको सिद्धान्तमा आधारित भई अखिल नेपाल फुटबल सङ्घको साझेदारीमा नेपालका यी तीन जिल्लाका ६ जना किशोरकिशोरीलाई विश्वकप फुटबलको स्थलगत अवलोकन गराउन लागिएको हो ।

यसअघि सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबल प्रतियोगिताको कैलालीका बाढी पीडित क्षेत्रका आठ जना किशोरकिशोरीले स्थलगत अवलोकन गर्ने अवसर पाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us