काठमाण्डु, २३ वैशाख –अघिल्लो संविधानसभामा विवादित रहेका र सहमति बनेका विषयको निक्र्यौल हुने भएको छ ।
संविधानसभा अभिलेख अध्ययन तथा निक्र्योल समितिले सहमति र असहमतिका विषय छुट्याएर थप अध्ययन गर्ने भएको छ ।
समिति अन्र्तगतका छ वटा उपसमितिले मंगलबार संविधानको प्रारम्भिक मस्यौदामा रहेका सहमति र असहमति निक्र्याेल सहितको प्रतिवेदन पेस गरेपछि अध्ययन समितिले छलफल गर्नेछ ।
अघिल्लो संविधानसभामा रहेका विषयगत समितिका विषयहरुलाई निक्र्यौल गर्न छ वटा उपसमिति बनेका थिए । उपसमितिले अध्ययन गरी तयार गरेका प्रतिवेदन समितिमा पेस गर्ने समय आजसम्मका लागि दिइएको थियो ।
समितिको बैठक विहान ११ बजे बस्दै छ ।