केपी ओलीको स्वास्थ्यको कारण सर्‍यो एमाले महाधिवेशन

काठमाण्डु टुडे २०७१ वैशाख २२ गते ८:५७ मा प्रकाशित

uml officeकाठमाण्डु, २२ वैशाख –नेकपा एमालेको नबौँ महाधिवेशनको मिति चौथो पटक सरेको छ ।

एमालेले जेठको अन्तिम साता महाधिबेशन गर्न तयारी नपुग्ने भन्दै मिति सारेको हो । आजको बसेको केन्द्रिय कमिटीको बैठकले महाधिवेशन एक महिना सार्ने निर्णय गर्दै असार १९ देखि २५ गतेसम्मका लागि मिति तय गरेको छ । यसअघि एमाले महाधिवेशन जेठ २२ गतेदेखि गर्ने निर्णय भएको थियो ।

बैठकमा अध्यक्ष झलनाथ खनालले महाधिवेशनको मिति सार्ने प्रस्ताव पेश गरेका थिए । अध्यक्ष खनालको हुन लागेको ढेड साता लामो चिन भ्रमण र संसदिय दलका नेता केपि ओलीको स्वास्थ्य अबस्थाका कारण मिति सारिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

यस्तै आज बसेको बैठकमा अध्यक्ष झलनाथ खनालले मन्त्रिपरिषद्ले चुन्नुपर्ने २६ सभासद्का लागि कांग्रेस र एमाले बैठकले कांग्रेसलाई ९ र एमालेलाई ८ सिट बाँड्ने सहमति भएको जानकारी गराए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us