प्रचण्डद्धारा ९९ सदस्यीय केन्द्रीय समितिको नाम प्रस्तुत, बन्दसत्र स्थगित

काठमाण्डु टुडे २०७१ वैशाख २२ गते ७:४८ मा प्रकाशित

maoist-flagकाठमाण्डु, २२ वैशाख – अध्यक्ष प्रचण्डद्धारा ९९ सदस्यीय केन्द्रीय समितिको नाम प्रस्तुत गरेका छन् ।तर नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले अहसमतिपछि बन्दसत्र मंगलबार बिहान ८ बजेसम्मका लागि स्थगित भएकाे छ । यसबारे सम्मेलन आयोजक समितिमा छलफल भइरहेकाे एक नेताले बताए ।

सोमबार विहान ८ वजे सुरु हुने भनिएको बन्दमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दस्तावेजमाथि २२ समुहले गरेको टिप्पणीको जवाफ दिने र पारित गराउने कार्यक्रम थियो ।

बन्दसत्रमा उठेका टिप्पणीमाथि आयोजक समितिले छलफल गर्नुपर्ने भन्दै बन्दसत्र सुरु नभएको एकीकृत नेकपा माओवादीले जनाएको छ । आइतबार साँझदेखि नै अनिर्णित बनेको केन्द्रीय कार्यालयको बैठक विहान बसेको थियो ।

शीर्ष नेताहरु केन्द्रीय समिति चयनका लागि निर्वाचनमा जान डराएको कारण बन्दसत्र शुरु हुन नसकेको सहभागी प्रतिनिधिहरुले आरोप लगाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us