
काठमाण्डु, १६ वैशाख –उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम स्थानीय बासिन्दाले दिएको निवेदन पढेपछि सँगै बसेका सभासद् यज्ञराज सुनुवारतर्फ हेरेर मुस्कुराए ।
सभासद् भन्दा दायाँतर्फ मञ्चमा बसेका ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले पनि आँखा तन्काउँदै भने ‘यो अचाक्ली भएछ ।’ बरुणश्वर पुगेका गृहमन्त्रीसमक्ष स्थानीय बासिन्दाले बाँदरआतंक नियन्त्रण गर्न माग गर्दै ज्ञापनपत्र बुझाउँदा देखिएको दृश्य थियो यो ।
स्थानीय बासिन्दाले आफनो निवेदनको सुरुमा लेखेका थिए ‘बाँदरआतंक नियन्त्रण गरिपाऊँ ।’ शान्तिसुरक्षालगायत विभिन्न माग आउनु त स्वाभाविक थियो तर बाँदरआतंक नियन्त्रण गरिपाऊँ भनी बाँदरविरुद्ध परेको उजुरी पढेपछि गृहमन्त्री मुसुमुसु हाँसेका थिए ।
गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि स्थानीयले सभासद् यज्ञराज सुनुवारको पनि ध्यानाकर्षण गराएका थिए । सुनुवारलले बाँदरआतंक नियन्त्रण गर्न आफूले सक्दो सहयोग गर्ने बचन दिएका थिए ।
लामो समयदेखि बाँदरले बालनाली खाइदिँदा आफूहरु निकै मर्कामा परेको गुनासो स्थानीयले गरे । स्थानीय भोला दाहालले भने ‘बाँदरका कारण मानिस किन बसाइँ सरेको होला भन्ने लाग्थ्यो अहिले आफैं भोग्दैछौं ।