विप्लपका छोरा प्रकाश चन्द पक्राउ

काठमाण्डु टुडे २०७६ भदौ २५ गते ११:२५ मा प्रकाशित

काठमाण्डु , २५ भदौ — सरकार प्रतिबन्धित बिप्लप पार्टीका महासचिव नेता नेत्र विक्रम चन्द छोरा प्रकाश चन्द पक्राउ पेरका छन् ।
चितवन मेडिकल कलेजमा अध्यनरत प्रकाश चन्दलाई प्रहरीले आन्दोलन स्थलबाट पक्राउ गरेको हो । चन्दसँगै उनका आन्दोलनमा सहभागी १५ जानलाई प्रहरीले समातेको छ । चितवन मेडिकल कलेजले अधिकतम शुल्क लिएको र बिरामी उपचारका क्रममा ७० रुपैंया पर्ने टिकटलाई १६ सय सम्म लिएको आरोपमा प्रकाश चन्द नेतृत्वको आन्दोलन सुरु भएको थियो । हालै उनले मेडिकल कलेजमा भएको एक सभामा सञ्चालक हरिशचन्द्र न्यौपानेलाई कलेजको गेटमै झुन्ड्याउने चेतावनी समेत दिएका थिए । चन्द सहितका विद्यार्थी नेता अस्पताल भित्रै पसेर काममा अवरोध गरी तोडफाड गर्न खोजेपछि चन्द लाई पक्राउ गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us