सुन चोरेर भाग्दा भाग्दै पक्राउ

काठमाण्डु टुडे २०७६ भदौ २५ गते ११:१७ मा प्रकाशित

सोलुखुम्बु ,२५भदौ– सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानीमा चोरेर भाग्दै गर्दा एक युवक पक्राउ परेका छन् ।

मङ्गलबार लिखुपिके गाउँपालिका–३ का अन्दाजी २७ वर्षीय विनोद बस्नेत पक्राउ परेका हुन् ।

स्थानीय सावित्री राजभण्डारीको घरभित्र पसेर सुन तथा नगद चोरेर भाग्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए ।
बस्नेतले सावित्रीको घरभित्र पसेर सुटकेसमा राखेको एक तोला सुनको सिक्री, एक तोलाको औठी, आधा तोलाको अर्को औठी र कतारी एक रियल चोरेर भागेका थिए ।
उनलाई तामाखानी प्रहरी चौकीका प्रहरी हबल्दार विनोद केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा स्थानीय एक होटलबाट पक्राउ गरेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । उनको साथबाट लागुऔषध गाँजासमेत बरामद भएको प्रहरीले जनाएको छ ।रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us