युवक वृद्धको भेष बदलेर अमेरिका जान लागेपछि …

काठमाण्डु टुडे २०७६ भदौ २४ गते १५:५० मा प्रकाशित

एजेन्सी —वृद्धको भेष बदलेर अमेरिका जान लागेका एक युवक पक्राउ परेका छन् ।

अमेरिका जानको लागी भेष बदलेका भारत अहमदावादको जयस पटेललाई भारतको औद्योगिक सुरक्षा र्फोसले दिल्ली स्थित विमानस्थलबाट पक्राउ गरेको हो । कपालमा पुरै रङलागाई दाह्री जुंगा हाली ह्विल चियरमा बसेर विमानस्थलको अध्यागमन पार गरिसकेका पटेललाई प्रहरीले संका लागेर अनुसन्धान गर्दा पटेल पक्राउ परेका हुन् ।पटेलले अमरिक सिंह नाम गरेको ८१ वर्षीय वृद्धको नामको राहदानी देखाएर विमानस्थलको अध्यागमन पार गरिसका थिए ।पटेलको हुलिया वृद्ध भएपनि उनको शरिरको छालाले शंका देखाएको थियो ।

पटेललाई दिल्ली प्रहरीले नियन्त्रणमा लिई अमेरिका जान लाग्नुको कारण साथ थप अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us