कांग्रेस र राजपाद्धारा प्रतिनिधि सभा बैठक फेरि पनि स्थगित

काठमाण्डु टुडे २०७६ साउन १३ गते १७:१० मा प्रकाशित

काठमाण्डु,१३ साउन— प्रतिपक्षी दल कांग्रेस र राजपाको अवरोध पछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ।अब अर्को बैठक साउन १५ गते बस्नेछ।

सोमबार बसेको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पाटीले अवरोध गरेका थिए। दिउँसो सबा १ बजे सुरु भएको बैठकमा सभामुख कृष्ण बहादुर महराले नियमित कारवाही अगाडि बढाउनसाथ कांग्रेस र राजपाका सांसदले उठेर विरोध जनाएका थिए।

बाढी, पहिरो जस्ता जनसरोकारका विषयमा सरकार गम्भीर नभएको, प्रतिपक्षीले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई उपेक्षा गरेको लगायतका विषय उठाई विपक्षी सांसदले विरोध जनाएका हुन् ।

विपक्षी सांसदले प्रहरीको गोलीबाट मारिएका नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेल र सर्लाही ईश्वरपुरका सरोजनारायण सिंहको न्यायिक छानबिनका लागि संसदीय समिति गठनको माग राख्दै नारावाजी गरिरहेका छन् ।

कांग्रेस र राजपाका सांसदले अहिले रोष्टम घेराउ गरेर नाराबाजी गरिरहेका छन्।अवरोधका कारण संसदको नियमित कारवाही अघि बढ्न सकेको छैन।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us