
सोल, ४ वैशाख । दक्षिण कोरियाको समुद्रमा बुधबार भएको फेरी (ठूलो आकारको डुङ्गा) दुर्घटनामा हराइरहेकामध्ये २८७ जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।
बुधबार भएको सो दुर्घटनामा परी मृत्यु भएकामध्ये नौ जनाको शव भेटिएको दक्षिण कोरिया सरकारले जनाएको छ । सो दुर्घटनामा बिहीबार बिहानसम्ममा नौ जनाको शव भेटिएको बताइएको छ ।
दक्षिण कोरियाको दक्षिणी तटीय क्षेत्रमा चालक दलका सदस्यसहित ४७५ जना यात्रुका साथमा यात्रा गरिरहेको सो डुङ्गा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परेको सो डुङ्गामा माध्यमिक विद्यालयका विद्यार्थी रहेका थिए ।
एक स्थानीय विद्यालयका विद्यार्थीलाई अध्ययन भ्रमणमा लैजाने क्रममा सो डुङ्डा दुर्घटनामा परेको स्थानीय समाचारहरूमा जनाइएको छ ।