
दाङ, ३१ वैशाख – दाङमा ५ वर्षीया बालिका बलात्कार गर्ने किशोरलाई १८ वर्ष जेल सजाय सुनाइएको छ ।
दाङ जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर गर्दै घोराही उपमहानगरपालिका २ का मुकेश विकविरुद्ध उक्त सजाय सुनाएको हो ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले ५ वर्षीया बालिका बलात्कार कसुरमा दोषी ठहर गर्दै विकविरुद्ध १६ वर्ष कैद फैसला सुनाएको हो ।
ती ५ वर्षीया बालिकालाई विकले गत माघमा बलात्कार गरेको जाहेरी परेको थियो । साथै पीडितलाई स्थानीय तहबाट ५० हजार क्षतिपूर्ति उपलब्ध गराउने पनि फैसलामा उल्लेख गरिएको छ ।
पीडित परिवारको आर्थिक अवस्था नाजुक भएकाले स्थानीय तहबाट क्षतिपूर्ति उपलब्ध गराउने फैसला भएको अदालतले जनाएको छ ।